शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बिहिबार १३९ जना डिस्चार्ज हुँदा १०८ कोरोना संक्रमित थपिए

बिहिबार १३९ जना डिस्चार्ज हुँदा १०८ कोरोना संक्रमित थपिए

दिनहुँ घट्दै छ कोरोना संक्रमितको ग्राफ


  • ढोरपाटन संवाददाता
  • असार २५ २०७७, बिहिबार

काठमाडौं, २५ असार– बिहीबार नेपालमा १३९ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज हुँदा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबारको नियमित प्रेस ब्रिफिङमा ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको जानकारी दिए ।
बिहीबार १ सय ३९ जना डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । हाल नेपालमा विभिन्न जिल्लाका क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने कोरोना संक्रमण भई विभिन्न आइसोलेसन सेन्टरमा ८ हजार ६ सय ५ जना उपचाररत छन् । नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->