जोमसोम, १२ साउन – मुस्ताङको थासाङ गाउँपालिका-२ न्याउरीकोटमा सोमबार घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । १७ वर्षीय निशान तुलाचनको मृत्यु भएको हो । उनका ७० वर्षका मावली हजुरबुबा रनप्रसाद गौचन घाइते छन् ।
ढुंगामाटोले बनेको दुईतले घर निरन्तरको वर्षाका कारण सोमबार बिहान भत्किएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । उनका अनुसार निशानको घटनास्थलमै मृत्यु भएको हो । घाइते रनप्रसादको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।





