बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मन क्षेत्रीका ४ मुक्तक

मन क्षेत्रीका ४ मुक्तक


  • मन क्षेत्री
  • भाद्र १३ २०७७, शनिबार

मनको धनीलाई मनमा न घर आउँछ न जमिन आउँछ
खुसी आफैं हुने हो, खोजेर आए पनि एकछिन आउँछ
समयले कहिलेकसो कुनोमा पारिदिन्छ, चित्त नदुखाउनु
पर्खिन सक्नुपर्छ एक दिन त कुनोको पनि दिन आउँछ

न चामल आउँछ न दाल आउँछ ।
न यो झरी ओत्ने त्रिपाल आउँछ ।
एकछिन कुर्सी विर्सिएर सोचिदिनुहोस् ।
तपाईको पनि त एकदिन काल आउँछ ।

विषको बोटबाट विष नै फल्छ ।
आगो स्वयंपनि आगोबाटै जल्छ ।
म यहि सत्य विमुख देशको नागरिक हुँ
जहाँ, धर्म एजेण्डा र राजनीति आस्थाले चल्छ ।

एक नजर के दिएथेँ मेमसाब रिसाउनु भो ।
अलिकति के पिएथेँ मेमसाब रिसाउनु भो ।
हेरी अन्यत्रै मैले मुुसुमुसु मुस्कुराउँदै
हातमा गुलाब के लिएथेँ मेमसाब रिसाउनु भो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->