बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नाता तन्त्र

नाता तन्त्र

ब्यङग्य कविता


  • अर्जुनराज पन्त
  • भाद्र १६ २०७७, मंगलबार
अनेक वाद ति भए ठग्ने मन्त्र
लाेकतन्त्र भन्दै ल्याए नाता तन्त्र !
शासुलाइ राजदुत शम्धीलाइ सिइओ
मिल्ने पद सबै नातैलाइ दियाे !
एक पल्ट हाे र सात पल्ट सम्म
लुटेर खाँदा नि हुँदैनन् टम्म !
जता ततै छ नातैकाे जालाे
मेयर बनाए छाेरी र सालाे !
भर्न मिल्ने पद भए कँहि खालि
भान्जा -भान्जी, साला र साली !
घरभेटी पनि नातैमा परे
ठेक्का र पट्टा उनैलाइ अरे
खाेजिन्न शिक्षा र अनुभवकाे हद
बुहारी परे दियाे मन्त्री पद !
लिन लाइ पानी गइन बुहारी नानी
मुहानै भत्काइन के ल्याउथिन पानी !
पानी नआए नि छैनन् ट्याङकी खाली
भरि भराउ छन् धन पैसाे हालि !
इश्वरका नामकाे नखाएसि कसम
तैँ शम्धी मैँ शम्धी लुटेर बसम !
हुँदैन छानविन भए सबै ब्यर्थ
दाइजाे हाे भन्दै लगाउछन् अर्थ !
सम्पती बिबरण ब्यार्थै भाे भर्न
बाध्य बनाए अब यसाे गर्न
मन्त्रीका लागि थप व्यबस्था गराउ
शम्धी बिबरण नछुटाइ भराउ
देखेनन् कहिल्यै जनताका आँशु
लाेकसेवा भन्दै पाेशे दिदी शासु
हुँदैन बिराेध बाँडिचुँडि खाँदा
आफन्त बाँडेर कुर्चिमा लाँदा!
मतलव हुँदैन पार्टि साटि
नाता परेसि जाेडिन्छ घाँटी !
नातामा पद ,बाँड्दा, जाेखेर
अर्काकी छाेरी नि हिँडे बाेकेर !
जहानिया शासन त थियाै नै पहिले
गरेर क्रान्ती ल्यायाै के अहिले ?
ल्याउनु रै छ अाखिर यस्ताे पाे दिन
हजााराैकाे वलिदान गरायाै किन ?
(व्यङग्य कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङग्यकाब्य ‘काेइली ‘का लेखक हुन)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->