बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गजल : जलाएर गयौ तिमी

गजल : जलाएर गयौ तिमी


  • लिला बल्लभ नेपाल
  • भाद्र १८ २०७७, बिहिबार

तिम्रो तस्विर यो दिलमा सजाएर गयौ तिमी
हरेक पल मुस्कान छर्दै रमाएर गयौ तिमी ।

अटुट बनोस् मित्रताको बन्धन हाम्रो सधै भरी
एउटै रगत दुई मुटुमा बगाएर गयौ तिमी ।

अचानक तिम्ले आज विदाई हात हल्लाउँदा
आँशु बनी यि आँखामा रसाएर गयौ तिमी ।

सधै भरी ताजा बनुन् तिम्रा हाम्रा पलहरु
हेर्दा हेर्दै क्षितिज पारी हराएर गयौ तिमी ।

सधै भरी फुलिरहुन् सम्झनाका फुलहरु
आँशु बगाई जिउँछु भन्थें जलाएर गयौ तिमी ।
विराटनगर

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->