१.
साँच्चै माया गर्छु भनी ढाटि निर्दयीले
अर्कैसग आज मुटु साँटी निर्दयीले ।
मन मुटु दिए सबै आफ्नै सम्झिकन
जालमा पारी मलाई डाँडा काटी निर्दयीले ।।
२.
रुख नबुझ्नेले कहाँ बुझ्छ्न् रुखको कथा ?
सुख भोगेकाले बुझ्दैनन् दुःखको व्यथा ।
झुट, लुटमा बानी परेकाले त्यसमै रम्दै
वास्तबिकता था भए नि जवाफ मुखको कथा ।।
३.
घरिघरी चस्किएर छाती दुख्छ अचेल
दिनमा भन्दा पनि बढी राती दुख्छ अचेल ।
कर्म अनुसारको फल भोग्नैपर्छ भन्ने भुल्दा
पश्चातापमा परि मानव जाति दुख्छ अचेल ।।
४.
कसैलाई भने जिन्दगी यहाँ छाडी र रोजी भो
मेरै चाहिँ किन जिन्दगी उध्रेको गोजी भो ।
समय छदै बेवास्ता भो यस्को के काम भनेर ?
होनाहार थियोे बिचरा भन्दै मरेसी खोजी भो ।।
५.
बोट हेरेर फूलको अनुमान नगर्नु
भोट हेरेर नेताको यहाँ भर नपर्नू ।
भो यथार्थ नबुझी भ्रममा परेर
चोटमा छ उसैलाई लौ आँखा नतर्नू ।।





