परिवर्तन त भएकै छ त…
जमिन कस्को जोत्नेको भन्नेहरु
आज जमिनदार बने ।
घर कस्को पोत्नेको भन्नेहरु
आज महलको भाडा बुझ्ने भए ।।
चुरे क्षेत्र संरक्षण गरौ भन्नेहरु
आज चुरे दोहनका ठेकेदार बने ।
निजि स्कुल बन्द गरौ भन्नेहरु
आज निजि स्कुलका मालिक बने ।।
गरिवले न्याय पाएन्न भन्नेहरु
अाज न्याय किन्न सक्ने भए ।
गोर्खा भर्तिकेन्द्र बन्द गरौ भन्नेहरु
आज युवा बेच्ने मेनपावर दलाल भए ।।
जनताको घरमा सेल्टर बस्नेहरु
अाज पाचतारे होटलमा बस्ने भए ।
संविधान मान्दैनौ भन्नेहरु
आज सरकारका मन्त्री भए ।।
चुनावमा जनताले नपत्याएकाहरु
अाज संसदमा जान सक्ने भए ।
साईकल चढ्नेहरु
अाज चिल्लो कार चढ्न सक्ने भए ।।
अमेरिकी साम्रराज्यवाद मुर्दावाद भन्नेहरु
आज एमसीसी देसको पक्षमा छ भन्न थाले ।
हाम्रा आँखामा के रोग लागे छ
यति धेरै परिवर्तन देख्न सकेनछ देख्न सकेनछ।।।





