पोखरा, १६ असोज– छोटो फिल्म ‘सोल्यूशन’ नेट टिभीको ‘ओटिटी प्लेटफर्म’मार्फत सार्वजनिक भएको छ । कोरियोग्राफिमा आफूलाई स्थापित गरिसकेका रोहन नेपालीले यो फिल्मको निर्माण अनि निर्देशन गरेका हुन् । फिल्ममा उनी आफैँले अभिनय समेत गरेका छन् । करिब ८ मिनेटको फिल्मले युवा पुस्ताको प्रेम बिछोड अनि त्यसपछि उनीहरुले लिने गम्भिर प्रकृतिको निर्णयले जीवनमा पारेको असरको विषयलाई उठाएको छ । सार्वजनिक फिल्मलाई अमित नेपालीले खिचेका हुन् । फिल्ममा रोहनसँगै विवेक गुरुङ, कञ्चन भुजेल र तारा शर्माको अभिनय रहेको छ ।





