बागलुङकति राम्रो धौलागिरी हिमाल मुनी काली
पहरा र लेक वेशी नुगेका छन डाली ।
पश्चिम तिर बागलुङ जिल्ला उतर मुक्ति धाम
धेरै राम्रो बेनी बजार गलेश्वाको ठाउँ ।
पुर्व पयो पर्वत जिल्ला गुप्तेश्वरको धाम
बागलुङ जिल्ला नेपाल जस्तो कमाएको छ नाम ।
वन्य जन्तु आरक्षणले चिनीएको ठाउँ
बागलुङ देखि धेरै टाडा ढोपाटनको गाउँ ।
अग्ला अग्ला पुलहरु छन बागलुङ ,कुशमा पारी
धनी जनता शिक्षीत ठाउँ उल्लखे नै छ जारी ।
मुस्ताब जिल्ला चिसो ठाउँ स्याउ फलको भण्डार
चिसो ठाउँमा लेक लेकमा जरी बुटीको खुङ्खार ।
बागलुङ देवी भगवति हाम्रो रक्षा गरुन्
यात्रा गर्न यात्रीहरू गाडी रोकी झरून् ।
कुशमा देखी वलेबाकौ लागी यान्त्रीक पुल
धौलागिरी घुम्ने यात्री सबै सबै ठाउँमा डुल ।
बागलुङ ,वलेबा ,अमलाचौर





