तिमी उठेनउ भने, उ उठ्ने छ
तिमी बोलेनौ भने उ बोल्ने छ
तिमी चर्चामा आएनौ भने, उ चर्चामा आउने छ
तिमी अगाडि सरेनौ भने, उ अगाडि सर्ने छ
तिमीलाई विफल तुल्याउन लुकेर बसेको ।
तिमी सपना देख्छौं, विपना होइन
उ प्रतिज्ञामा चल्छ, तिमी आँखामा
तिमी व्युझिएनौ भने पनि, उ निदाउने छैन्
तिमी कल्पनामा डुब्दा, उ विपनामा जाग्ने छ
तिमीलाई विफल तुल्याउन लुकेर बसेको ।
तिमी विज्ञान मान्छौ, दृष्यताका प्रमाण
उ भावनामा होईन, तिमी स्वपनामा डुब्छौ
तिमी भुल्छौ उ भुल्दैन काँडाको त्यो घोचाई
तिमी कोठीमा हुन्छौ, उ हतारमा छ
तिमीलाई विफल तुल्याउन लुकेर बसेको ।
तिमी गणीतमै हुन्छौ, उ अगणीत नी बन्छ
तिमी फुल देखीन्छौ, उ काँडा पनि बन्छ
उ तितो जान्दछ, तिमी गुलियोमा भुल्छौ
तिमी समथर कुद्छौ, उ भिर खोज्छ
तिमीलाई विफल तुल्याउन लुकेर बसेको ।
तिमी सिनेमामा हुन्छौ, उ छापामा रम्छ
तिमी हरियो छान्छौ, उ रातोलाई ताक्छ
उ राजकुमार बन्छ, जंगललाई काट्न
तिमी विकल्प हेर्छौ दोबाटोको, उ त्यसै डग्दैन्
तिमीलाई विफल तुल्याउन लुकेर बसेको ।
उ नमिठो बुझ्दैन, तिमीलाई तितो रुच्दैन
तिमी मानेर लिन्छौ, उ छामेर लिन्छ
उ कर्मशालामा भुल्छ, तिमी मधुशालामा घुम्छौं
तिमीमा गुण छैन्, तर उ वैगुनमा हाँस्दैन
तिमीलाई विफल तुल्याउन लुकेर बसेको ।
तिमी उठेनउ भने, उ उठ्ने छ
तिमी बोलेनौ भने, उ बोल्ने छ
तिमी चर्चामा आएनौ भने, उ चर्चामा आउने छ
तिमी अगाडि सरेनौ भने, उ अगाडि सर्ने छ
तिमीलाई विफल तुल्याउन लुकेर बसेको ।
(काठेखोला गाउँपालिका–२ बागलुङ)





