शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कविता : दशैं

कविता : दशैं


  • कवि शिरोमणि लेखनाथ पौड्याल
  • कार्तिक १ २०७७, शनिबार

हट्यो सारा हिलो मैला, हरायो पानीको वर्षा ।
भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।।

जता जाऊँ उतै भन्छन् दशैं आयो दशैं आयो ।
यही आनन्दले सबै संकष्Þट बिर्सायो ।।

ठूला साना सबैलाई दशैं अत्यन्त राम्रो छ ।
चलेका चाडमा यही ज्यादा उत्कृष्ठ हाम्रो छ ।।

सबै अत्यन्त आनन्दी सबै छन् पीङमा दङ्ग ।
सबैको देखिने आयो उज्यालो चेहरा रंग ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->