बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जोमसोमको बैंकमा कार्यरत कर्मचारीलाई डेंगुसहित कोरोना संक्रमण पुष्टि

जोमसोमको बैंकमा कार्यरत कर्मचारीलाई डेंगुसहित कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०७७, मंगलबार

जोमसोम, ११ कात्तिक- मुस्ताङको जोमसोममा रहेको बैंकमा कार्यरत एक कर्मचारीलाई डेंगुसहित कोरोना संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार जोमसोमस्थित साग्रिला डेभलमेन्ट बैंकमा कार्यरत एक पुरुष कर्मचारीमा डेंगुसहित कोरोना देखिएको हो।
पोखरामा स्वास्थ्य परीक्षण गर्दा डेंगुसहित कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । स्वास्थ्य कार्यालयका अनुसार डेंगुसहित कोरोना पुष्टि भएका ती कर्मचारी मुस्ताङबाट दसैं अघि कार्तिक ३ गते घर गएका थिए ।
स्वास्थ्यमा केही समस्या देखिएपछि पोखरा बसपार्कस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा डेंगु पोजिटिभ देखिएको हो । त्यसपछि ती कर्मचारीको पश्चिामञ्चल क्षेत्रीय अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको जानकारी आएको स्वास्थ्य प्रमुख भण्डारीले बताए ।
उनले आफू कार्यरत बैंकका कर्मचारीलाई समेत सुरक्षित होम क्वारेन्टाइनमा रहेर सजगता अपनाउन आग्रह गरेका छन्। संक्रमित बैंकका कर्मचारीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफू सुरक्षित बसेको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->