शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बाल गीत

बाल गीत


  • मेघराज पाण्डेय
  • कार्तिक २२ २०७७, शनिबार

उठन बाबु उठन साथीले तिमीलाई बोलाउँछ
खोजेर तिमीलाई साथीले मुलबाटोमा टोलाउँछ

पुर्वमा घाम आईसक्यो चरीले गीत गाइसक्यो
काँधमा त्यसको झोला छ साथीले तिमीलाई बोलाउँछ

हेर त पानी तालैमा कमल फूल फुलेछ
पुतली र भमरा त्यै फुलमा झुलेछ

उठन बाबु उठन साथीले तिमीलाई बोलाउँछ

हेर त बाबु पूर्वमा सिन्दुरले पोतेछ
किसानी दाईले बारीमा धेरै हलो जोतेछ
उठन बाबु उठन साथीले तिमीलाई बोलाउँछ

किताब कापी च्यापेर स्कुलमा जानुछ
साथीहरु मिलेर खाजा बाँडी खानुछ
उठन बाबु उठन साथीले तिमीलाई बोलाउँछ ।

– बागलुङ

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->