पोखरा, ४ मंसिर– एमडीवक्र्स मिडिया प्रालिको ब्यानरमा वेभ सिरिज ‘लभ बर्डस्’ सार्वजनिक हुने भएको छ । कम्पनीले सिरिजको टिजर सार्वजनिक गर्दै वेभ सिरिज बारे जानकारी दिएको हो । अभिनेता समेत रहेका मनिस केसीको निर्देशनमा सिरिज बनेको हो ।
निर्देशकीय हिसाबले मनिसको यो पहिलो फिल्म हो । ‘पोखरामा थुप्रै कलाकारहरु र फिल्म मेकरहरु छन् । यद्यपि अहिलेसम्म यहीँबाटै वेभ सिरिज निर्माणहुन सकिरहेको थिएन । पोखराबाट पनि वेभ सिरिज सम्भव छ र यसले राष्ट्रियस्तरमा छापछाड्न सक्छ भन्ने लागेपछि हामीले काम अगाडि बढाएका हौँ’। वेभ सिरिजलाई लिएर निर्देशक केसी आशाबादी सुनिए ।
सार्वजनिक टिजरमा टिनएजर्स पुस्ताको माया देखाउन खोजिएको छ । प्रेम, बिछोड र युवा पुस्ताको जिवन शैलीलाई कथानक रुपमा भन्न खोजिएको यो वेभ सिरिज चाँडै नै एमडी वक्र्सको अफिसियल युट्युब मार्फत रिलिजहुने कम्पनीले जनाएको छ ।





