शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कमाइ

कमाइ


  • कल्याण पन्त
  • मंसिर ६ २०७७, शनिबार

घटना नं. १
‘पीसीआर टेस्ट गरिदिनु प¥यो, डाक्टर साब ।’ दस हात परैबाट एकजनाले बिन्ती बिसाए ।
‘के हुन्छ भन्नुस् ?’
‘ज्वरो खोकी छ, अलिअलि सास फेर्न पनि गारो हुन्छ ।’
‘के गर्नुहुन्छ तपैं ?’
‘निजी स्कूलमा पढाउँथें तर अहिले त…’
‘ए, मैले बुझिहालें, अब ज्वरो आउँदैमा आत्तिनु पर्दैन । घरमै छुट्टै १४ दिन सम्म बस्नुस् ।’ डाक्टरले थामथुम पारे ।
घटना नं. २
‘पिसीआर टेस्ट गरेर हेर्नुप¥यो डाक्टर बाबु ।’ पुगनपुग २ हात फरकमा एप्पल मोबाइल खेलाउँदै अर्को एक जनाले भने ।
‘के हुन्छ भन्नुस् ?’
‘खोकी लाग्लालाग्ला जस्तो छ, जीऊ गरुङ्गो हुन्छ ।’
‘के गर्नुहुन्छ ?’
‘उद्योग व्यवसाय चलाउँछु ।’
उनको स्वाव लिइयो । घरपरिवार सबैलाई जँचाइयो । अन्य सम्पर्कमा आएका करिव एक सय जनालाई अस्पतालमै बोलाइयो र उनीहरुकापनि स्वाव लिइयो । दुईदिन पछि डाक्टरकी श्रीमतीले भनिन्, ‘स्टाफहरुको तलब भुक्तान भयो ?’
‘अब उद्योगका भएभरकालाई चेक गर्न लगाएपछि समस्या समाधान हुन्छ ।’ निजी अस्पतालका मालिकले बोले ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->