मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

‘कविताको कुरा’ कार्यक्रमको तेस्रो श्रृंखला

‘कविताको कुरा’ कार्यक्रमको तेस्रो श्रृंखला


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०७७, आइतबार

स्याङ्जा, १४ मंसिर– वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जाद्वारा २०७७ कार्तिक १५ गते शनिबारदेखि हरेक पन्ध्र दिनको अन्तरालमा नियमित आयोजना गरिदै आइएको कविता केन्द्रित कार्यक्रम ‘कविताको कुरा’को तेस्रो श्रृंखला सम्पन्न भएको छ ।
स्याङ्जाली युवाकवि शम्भु अर्यालको घर वालिङ–९ सुर्कौदी स्याङ्जाको आँगनमा आयोजना गरिएको ‘कविताको कुरा’ कार्यक्रमको पहिलो चरणमा ‘नयाँ कविताको कुरा’अन्तर्गत बसन्त खनाल, सुदीप सुवेदी, नारायणप्रसाद रेग्मी, यमकान्त खनाल, शम्भु अर्याल, अनन्त अर्याल र मिलन समीरद्वारा सबैभन्दा पछिल्लो समयमा लेखिएको कविता वाचन गरेका थिए ।
दोस्रो चरणमा ‘मन परेको कविताको कुरा’अन्तर्गत वसन्त खनालले युवाकवि स्वप्निल स्मृतिको ‘पुरानो मजदुर’ शीर्षकको कविता, मिलन समीरले अग्रज कवि मनु मन्जिलको ‘केटाकेटीहरु’ शीर्षकको कविता, नारायणप्रसाद रेग्मीले अग्रज कवि चिन्तु गिरीको ‘आफ्नै कुरा’ शीर्षकको कविता, यमकान्त खनालले ‘गंगालालको चिठी’ शीर्षकको कविता र शम्भु अर्यालले अग्रज कवि राजन मुकारुङको ‘आगो’ शीर्षकको कविता वाचन गरेका थिए ।
तेस्रो चरणमा ‘कविता – कृतिको कुरा’अन्तर्गत अग्रज कवि सरला श्रेष्ठको ‘वृद्वाश्रमको यात्रा’ कविता कृतिको बारेमा शम्भु अर्यालले संक्षिप्त समीक्षात्मक टिप्पणी गरेका थिए भने अग्रज व्यक्तित्व कपिलदेव शर्मा, युक्तनारायण पंगेनी, मीनाकुमारी अर्याल, विष्णुप्रसाद अर्याल र मोहन श्रेष्ठले कार्यक्रममा सुनाइएका कविताबारे समीक्षात्मक टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->