बागलुङ, १९ मंसिर– नेपाली युवाहरुको बाध्यता हो विदेशिनु । स्वदेशमा रोजगारीको अभावले विदेशीएका युवाहरुको कथाव्यथा आ–आफ्नै छन् । पछिल्लो समय विदेशमा रहेका युवाहरुले सामाजिक सञ्जालको प्रयोग गरेर आफ्ना समस्या त राखिरहेका हुन्छन् तर उनीहरुको मनभित्र रहेका मनोभावहरु भने सहजै प्रकट हुँदैनन् ।
घरपरिवारको खुशीका लागि प्रदेशिएका प्रदेशीहरु आफु भने कहिल्यै खुशी हुन सक्दैनन् । घर परिवारलाई खुशी किन्न प्रदेशिएका धेरै युवाहरुको आँसु र वेदना घरपरिवारको यादमा बहन्छ । यस्तै मार्मिक कथालाइ बुनेर गायक तथा सर्जक हरि सुनारले शब्द, संगीत तथा गायक रेशम निर्दोष र गायिका सुनिता बुढा क्षत्रीको स्वरमा रहेको गीत ‘दुरी टाढाको’ तयार भएको छ ।
युट्युव च्यानलमार्फत यसै साता गीति एल्वम सार्वजनिक भएको छ । गीतको भिडियोले गरिबीको कारण प्रदेशमा दास बनी स्वदेश फिर्न नपाएका युवाहरुको मर्म र परिवारप्रतिको मायालाई समावेश गरिएको छ । गीतको भिडियोलाई स्मृति तिमिल्सनाले निर्देशन गरेकी छिन् । गणेश सापकोटाको छायाँकन रहेको भिडियोमा सज्जन बोहोरा, जुना गुरुङलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
भिडियो…





