बागलुङ, २० मंसिर– हिन्दु संस्कार अनुसार विवाहका दिन दुल्लाह पक्षको घरमा रत्यौली गाउने चलन छ । ठाउँ अनुसार रत्यौलीको लय, शब्द र प्रस्तुती फरक हुन्छ तर यो गीतको भाव भने एकै किसिमको हुने गरेको नेपाली लोकसंगीतका बिषयमा बिध्याबारिधि गरेका डा. कुशुमाकर न्यौपानले आफ्नो सोधमा उल्लेख गरेका छन् ।
रातमा रमाईलो गरी गाईने भएकाले रात र यौली जोडिएर रत्यौली बनेको हो । पछिल्लो समय विवाह दिनमा हुने भएकाले हिजोका मौलिक रत्यौली दिनौलीमा परिणत हुँदै गएका छन् । समय बद्लिएसँगै हराउँदै गएको मौलिक रत्यौलीको जर्गेना गर्न सर्जकहरु पछिल्लो समय लागिपरेका छन् ।
रत्यौली गीतलाई पोखरेली पुरानी कलाकार हरिदेवी कोईरालाले संग्रहित गरेकी थिईन् । त्यस पश्चात सुरु भएको मौलिक रत्यौलीको संरक्षण गर्ने काम नयाँपुस्ताका कलाकारले पनि गर्न थालेका छन् । बागलुङे सर्जक प्रेम सापकोटा सोनुले पछिल्लो पटक मौलिक रत्यौलीको संग्रह गरेर एउटा गीत बजारमा ल्याएका छन् । ‘व्यवसायीक हिसाबले यो गीत मैले ल्याएको होईन्’ सापकोटा भन्छन् ‘मौलिकता जोगाउनु हाम्रो दायित्व हो ।’
रोजगारीको शिलशिलामा जापानमा रहेका युवा गायक सापकोटाले पछिल्लो समय लोप हुँदै गइरहेको ठेट रत्यौलीलाई बजारमा ल्याएका हुन् । ‘बरमाला’ नाम दिईएको गीतमा शव्द, संगीत र नृत्यसमेत मौलिक छ । सापकोटा आँफैले शब्द तथा लय संकलन गरेका हुन् ।
गीतमा प्रेमलाई सम्झना भण्डारीले स्वरमा साथ दिएकी छन । गीतमा गाउँघरमा प्रयोग हुने रत्यौलीको भाका र सोही अनुसारका टुक्काको संग्रह गरिएको छ । गीतको म्युजिक भिडियो निकै रमाइलो बनाइएको छ । गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन् ।
भिडियो…
https://www.youtube.com/watch?v=7AeXEFbA4f8





