बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङको सुर्खाङमा थ्रीजी सेवा

मुस्ताङको सुर्खाङमा थ्रीजी सेवा


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०७७, सोमबार

मुस्ताङ, २२ मंसिर– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं. ४ स्थित सुर्खाङमा थ्रीजी सेवा सञ्चालनमा आएको छ ।
समुन्द्री सतहदेखि ३ हजार ५ सय मिटर अग्लो उचाईको लोघेकरको सुर्खाङ सहित यारा, घाराढी लगायतका गाउँ लाभान्वित हुने गरी थ्रीजी सेवा सुरु गरेको नेपाल टेलिकम जोमसोम शाखाका प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए ।
यसअघि २०७४ सालमा टेलिकमले लोमान्थाङमा थ्रीजी सेवा सन्चालनमा ल्याएको थियो भने लोघेकरमा विकट गाउँ यारा, घाराढी र सुर्खाङमा टुजी सेवा मात्र थियो । लोघेकरका स्थानीयले सुस्त इन्टरनेट प्रयोग गर्दै आइरहेकोमा सेवा सन्चालनपछि तिब्र गतिको इन्टरनेट उपयोग गर्ने अवसर पाएको वडाध्यक्ष छिरिङ घोम्बो गुरुङले बताए ।
टेलिकमले साविकको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ४२ सय मिटर उचाईमा अवस्थितस्याङ्बोचे, घिउ डाँडाको रिपिटर स्टेसनबाट माइक्रो वेभ लिंक मार्फत सुर्खाङको बिटिएस टावरसँग सम्पर्क गरेर थ्रीजी सेवा सन्चालनमा ल्याएको टेलिकम जोमसोमले जनाएको छ ।
यस्तै, टेलिकमले निकट भविष्यमै लोघेकरको चराङमा फोजी सेवा सन्चालनमा ल्याउने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->