बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘कविताको कुरा’ कार्यक्रमको चौथो श्रृंखला भुम्रेमा

‘कविताको कुरा’ कार्यक्रमको चौथो श्रृंखला भुम्रेमा


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०७७, शनिबार

स्याङ्जा, २७ मंसिर– वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जाद्वारा हरेक पन्ध्र दिनको अन्तरालमा आयोजना गरिदै आइएको कविता केन्द्रित कार्यक्रम ‘कविताको कुरा’ को चौथो श्रृंखला शनिबार सम्पन्न भएको छ ।
स्याङ्जाली युवा साहित्यकार तथा साहित्यिक अभियन्ता मिलन समीरको निवास वालिङ–९ भुम्रेको छतमा अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमको पहिलो चरणमा ‘नयाँ कविताको कुरा’अन्तर्गत बसन्त खनाल, युवराज सुवेदी, शम्भु अर्याल, अनन्त अर्याल र मिलन समीरले पछिल्लो समयमा लेखिएको कविता वाचन गरेका थिए ।
दोस्रो चरणमा ‘मन परेको कविताको कुरा’अन्तर्गत बसन्त खनालले युवाकवि सरस्वती आचार्य सरु सुधाको ‘सुरेली’, युवराज सुवेदीले युवाकवि देवराज तिवारीको ‘चेतना’, मिलन समीरले लेखनाथ क्षेत्रीको ‘केटाकेटी’, शम्भु अर्यालले अनिता न्यौपानेको ‘करिना ! तिमी लामो कविता हौ’ र अनन्त अर्यालले भूपी शेरचनको ‘ए जून’ कविता वाचन गरेका थिए ।
यस्तै, तेस्रो चरणमा ‘कविता– कृतिको कुरा’अन्तर्गत अनिता न्यौपानेको कविता कृति ‘ फुलको विद्रोह’को बारेमा युवा समिक्षक मिलन समीरद्वारा समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियोे भने सरस्वती आचार्य, राजु मार्मिक, रुद्रप्रसाद न्यौपाने र अनन्त अर्यालद्वारा कार्यक्रमको सन्दर्भसंगै कार्यक्रममा वाचन गरिएका कविताहरुबारे समीक्षात्मक टिप्पणी समेत प्रस्तुत गरिएको थियोे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->