बागलुङ, ५ पुस– प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रस्ताव ल्याएको बिरोधमा पोखराको महेन्द्रपुलमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले महेन्द्रपुलमा पुत्ला दहन गरेको हो । विद्यार्थीहरुले जनमत कुल्चेर संसद विघटन गर्ने प्रस्ताव ल्याएको भन्दै नाराबाजी गरेका छन् ।
यस्तै, नवलपुरको सदरमुकाम कावासोतीमा नेविसंघ नवलपुरले आधा घण्टा सडकमै संसद बिघटन प्रस्ताव बिरुद्ध प्रदर्शन गरे । नेविसंघका पुर्व केन्द्रीय सदस्य आरसी भटराईले अहिले सांकेतिक प्रदर्शनमा उत्रिएको साँझसम्मको राजनैतिक परिस्थितिपछि बिरोधका स्वरुपमा परिवर्तन गर्दै खवरदारीमा उत्रिने बताएका छन् ।
प्रदर्शनका केही भिडियोहरु…





