बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कवि देशभक्तसिंह कुँवरको छेस्का संग्रह ‘सुहाना’ लोकार्पण

कवि देशभक्तसिंह कुँवरको छेस्का संग्रह ‘सुहाना’ लोकार्पण


  • ढोरपाटन संवाददाता
  • पुष १२ २०७७, आइतबार

पोखरा, १२ पुस– कवि देशभक्तसिंह कुँवरको छेस्का संग्रह ‘सुहाना’ शनिबार पोखरामा लोकार्पण गरिएको छ ।
कृति लोकार्पण गर्दै प्राडा कुसुमाकर न्यौपानेले नेपाली साहित्यको श्रीवृद्धिमा ‘सुहाना’ थपिएको बताए । कृति समीक्षा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सूर्य खड्का विखर्चीले कविताका नयाँ नयाँ उपविधा पोखरामा भित्राउने स्रष्टा कुँवर आँसुकवि भएको बताए । लोककवि अलिमियाँ वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले लगातार कृति प्रकाशित गरेकोमा स्रष्टा कुँवरलाई बधाई दिए ।
स्रष्टा कुँवरले साहित्यको साधनामा आफू निरन्तर लागिरहने प्रण गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरे ।
सो अवसरमा साहित्यकार रमा प्रासरलाई उत्कृष्ट साहित्यकार अवार्ड र लोकगायिका कमला सुनारलाई उत्कृष्ट लोकगायिका अवार्डसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->