बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संसद् विघटन विरुद्ध कलाकार/साहित्यकार

संसद् विघटन विरुद्ध कलाकार/साहित्यकार


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०७७, आइतबार

पोखरा, २६ पुस– पोखराका कलाकार र साहित्यकारहरु संसद् विघटन विरुद्ध आन्दोलनमा उत्रिएका छन् । सङ्गम सांस्कृतिक मञ्च, पोखराको आयोजनामा शनिबार शहीदचोकमा भएको कार्यव्रmममा साहित्यकार तथा कलाकारहरुले आफ्ना कविता र गीत मार्फत् प्रधानमन्त्री केपी ओलीको सो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरे । कार्यक्रममा मञ्चका अध्यक्ष काजीगाउँलेले वैदेशिक इसारामा केपीओलीले संसद् विघटन गरेका भन्दै देश र जनताका पक्षमा गीत र कविता मार्फत् खबरदारी गरिरहने उद्घोष गरे । केही मात्रामा भएपनि जनपक्षीय रहेको संसद् विघटन गरेको बताउँदै गाउँलेले अब सङ्घीय जनगणतन्त्र र समाजवादसम्म पुग्नकालागि जनवादी शक्तिहरु अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
माक्र्सवादी चिन्तक तथा लेखक रामराज रेग्मीले यस अघिका संविधानहरुको तुलनामा २०७२ को संविधान प्रगतिशील रहेको बताउँदै यसलाई अपहरण गर्ने काम ओलीबाट भएको धारणा राखे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->