पोखरा, ५ माघ– रियालिटीशो ‘नेपाल स्टार सिजन १’ की उपाधिका दावेदार पोखरेली चेली एलिना गुरुङलाई पोखरामा स्वागत गरिएको छ । फाइनलमा प्रवेशसँगै आइतबार पोखरा आएकी उनलाई विमानस्थलबाटै स्वागत गरिएको हो । एलिना जिताऔं अभियानले उनको स्वागत गरेको हो । समितिको संयोजकमा मेनकाजी गुरुङ रहेका छन् । पढेको स्कूल भद्रकालीमा पनि उनको स्वागत गरियो ।
डेञ्जर जोनमा कहिल्यै नपरेकी उनीे शनिबार राति प्रसारित कार्यक्रमसँगै फाइनमा प्रवेश गरेकी हुन् । एक्ली महिला फाइनल प्रतिष्पर्धी गुरुङले फाइनल प्रवेशकालागि मदनसिंह नेपाली र सुक्मित गुरुङको स्वरमा रहेको ‘रेलिमै रेलिमै रेलिमै लाहुरे दाईको रेलिमै’ बोलको गीत दमदार प्रस्तुति गरेकी थिइन् ।
‘नेपाल स्टार सिजन १’ माटप ५ बाट ४ अर्थात फाइनलमा पोखरेली चेली एलिना गुरुङसँगै काठमाडौका सुरेस लामा, ताप्लेजुङका लक्ष्मण लिम्बु, सुनसरीका सन्देश बोमजन लामा प्रवेश गरे भने पोखरा कै अमिन परियारको नेपाल स्टार सिजन १ को यात्रा टुङ्गिएको छ ।





