बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अकबर र वीरबलका कथाहरु…

अकबर र वीरबलका कथाहरु…


  • ढोरपाटन संबाददाता
  • माघ १० २०७७, शनिबार

हात्तीलाई भाडोभित्र राख्नुहोस् ।

अकबरः बीरबल, तिमी प्रायः सधै ढिलो हुन्छौ । तिमी फाँसीको लायक छौ । तर, भन् तिमी किन ढिलो भयौ ?
बीरबलः माफ गर्नुहोस् महाराज , मैले मेरो छोरालाई खुसी बनाउन खोज्दै थिएन् र ढिलो भयो ।
अकबरः यसमा के नै गाह्रो काम छ र ?
बीरबलःउसले मलाई नचाहिदो प्रश्न गर्दै थियो !
अकबर ःतिमीले किन उत्तर दिन सकेनौ त ?
बीरबलः अहँ! सकिन , महाराज ।
अकबर ःहोइन ? तिमी यो अकबरको अदालतमा अयोग्य भयौ । तिम्रो सधैको यस्तै कपटपूर्ण कुराले मेरो दिमाग खायो । ( सिपाहीहरुलाई भन्दै) उसलाई फाँसी देऊ !
(वीरबल अकबरको पाउ पर्छ)
बीरबलः माफ गर्नुहोस् महाराज । मलाई एउटा मौका दिनुहोस् , जुन आफ्नो छोरालाई खुशी पार्न सजिलो हुँदैन भनेर म प्रमाणित गर्न सक्छु ।
अकबर ः ल ठिकै छ, प्रमाणित गर् ।
बीरबलः महाराज , म तपाईंको छोरा बनेर अभिनय गर्छु,तपाईंले मलाई खुशी बनाउनुहोस् ।
(अकबर आफ्नो सिंहासनबाट उठ्छन् ।)
अकबरः ल ठिकै छ, म तिम्रो बाउ बनेर अभिनय गर्छु र तिमीलाई खुशी बनाउछु । (बीरबल रुन्छ)छोरा,तिमी किन रोईरहेको छौ ?
बीरबलः बा..बा..
अकबरः के ?
बीरबलः बा.. बा…एउटा भान्डो ।
अकबर ः(रिसाउदै) के म भाडो हँ ?
बीरबलः होइन, होइन बा,मलाई भाडो चाहियो ?
अकबर ः (ताली बजाउँछ्न्), मन्त्री, मेरो छोरालाई भाडो देऊ। (एउटा भाँडो बीरबललाई दिइयो र बीरबल भाडोसँग खेल्न थाल्यो । ) छोरा, तिमी खुशी छौ ?
(बीरबल फेरि रुन्छ)
अकबर : मेरो छोरा,अब के चाहन्छौ ?
बिरबलः मलाई,मलाई हात्ती चाहियो ?
अकबरः (ताली बजाउँछन् ) मन्त्री ,मेरो छोरालाई हात्ती देऊ ! (बीरबल हात्ती पाएपछि हात्तीसंग खेल्न थाल्छ ।
बिरबलः बा.. बा..
अकबर : (रिसाउदै) क ?
बीरबलः बा, यो हात्तीलाई यो भाडोभित्र राख्नुहोस् ।
अकबर : यो सम्भब छैन ।
(बीरबल रुन्छ ।)
बीरबलः यस्नलाई जसरी पनि यो भाडोमा राख्नुहोस् ।
अकबरः (शान्तसँग) छोरा, यो भाडो फुट्न सक्छ !
बीरबलः नाई, नाई यो फुट्दैन,यो भाडोमा हाल्नुहोस् ।
अकबरः बीरबल !
बीरबलः (अकबरको पाऊमा पर्दै) महाराज !
अकबरः (बेस्सरी हास्दै) ,ठीक छ ठीक छ मैले तिमीलाई माफ दिएँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->