दियो बाल्ने अनि डडेलो लाउने उस्तै–उस्तै लाग्छन्
चौतारि चिन्ने अनि भत्काउने उस्तैउस्तै लाग्छन् !
ए ! विज्ञान तेरो पोलिग्राफ मेशिन झुट होकि दुनियाँ !
अदालत अनि मन्दिर धाउने उस्तै(उस्तै लाग्छन् !
त्यसैले अक्सर फरार सुचिमा हुन्छ छुरि धस्ने मान्छे !
खुट्टा तान्ने अनि हात समाउने उस्तै–उस्तै लाग्छन् !
सायद सबै मेरा छिमेकी कलाकार हुन् रंगमन्चका !
मेरो दुःखमा रुने अनि मुस्कुराउने उस्तैउस्तै लाग्छन् !
आखिर को थियो माली तर को बन्यो यहाँ मालिक !
पानी राख्ने र डालि भाँच्न आउने उस्तैउस्तै लाग्छन् !





