शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सुप्रियाको अंगे्रजीमा उपन्यास

सुप्रियाको अंगे्रजीमा उपन्यास


  • ढोरपाटन संबाददाता
  • माघ १८ २०७७, आइतबार

पोखरा, १८ माघ- युवा लेखक एमिलिया सुप्रिया पालिखेद्वारा लिखित उपन्यास ‘द लभ वि वान्ट’ को शनिबार पोखरामा विमोचन गरिएको छ । कवि तथा साहित्यकार प्राज्ञ रमेश श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघका पूर्वाध्यक्ष विश्वशंकर पालिखे, नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, लेखकका हजुरआमा गंगादेवी पालिखे, रेडियो अन्नपूर्णका प्रवन्ध निर्देशक सुनयना पालिखे, नागढुङ्गा युवा क्लवका अध्यक्ष विनोद लामिछानेले संयुक्त रुपमा उक्त उपन्यासको विमोचन गरेका हुन् ।
अंग्रेजी भाषामा लिखित उक्त कृतीको विमोचन गर्दै प्राज्ञ श्रेष्ठले पोखरामा नयाँ पुस्ताको साहित्यकार जन्म भएको बताए ।
कृती र कृतिकारको चर्चा गर्दै रेडियो अन्नपूर्ण ९३ं.४ का प्रवन्ध निर्देशक सुनयना पालिखेले उपन्यासका कथाहरु निकै अर्थपूर्ण रहेको जनाइन् ।
पत्रकार महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठले भर्खरै १९ वर्ष टेकेकि लेखक नेपालकै कान्छी उपन्यासकार हुन सक्ने औल्याउँदै सानै उमेरमा यति धेरै शव्दहरुसंग खेल्नु ठूलो कार्य भएको टिप्पणी गरे । आदर्श नेपाल राष्ट्रिय दैनिकका सम्पादक समेत रहेका नागढुङ्गा युवा क्लवका अध्यक्ष विनोद लामिछानेले आफ्नैं टोलबाट होनहार साहित्यकारको उदय भएको जनाउँदै उनको होष्टेमा हैंसे गर्न सदैव लागिरहने प्रतिवद्धता जनाए ।

उपन्यसाकार सुप्रियाले पुस्तक पढ्दै गर्दा एक पटक पाठक आँफु टिन एजमै फर्किएको महशुस गर्ने उल्लेख गरिन् । लेखकका हजुरआमा गंगादेवी पालिखेको अध्यक्षतामा भएको कार्यक्रम सञ्चारकर्मी गिता रानाले सञ्चालन गरेकि थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->