बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मोहनबहादुर मल्ल पुरस्कार पौडेललाई

मोहनबहादुर मल्ल पुरस्कार पौडेललाई


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०७७, बुधबार

बागलुङ, २१ माघ– साहित्यकार मोहनबहादुर मल्लको स्मृति दिवशको अवसरमा शोधकर्ता डा. षडानन्द पौडेललाई पुरस्कृत गरिने भएको छ ।
मल्लको कृतिहरुमा शोध गरेका पौडेलको योगदानको मूल्यांकन गर्दै उक्त पुरस्कार दिन लागिएको हो । मोहनबहादुर मल्ल स्मृति प्रतिष्ठान समितिले स्थापना गरेको मोहनबहादुर मल्ल पुरस्कार २०७७ पहिलो पटक प्रदान गर्न लागिएको समितिका अध्यक्ष काजी रोशनले बताए ।
मल्लको १ सय १० औं जन्म जयन्तीको अबसरमा माघ २३ गते उक्त पुरस्कार समर्पण गरिने छ । २५ हजार नगदसहित पुरस्कार दिइने रोशनले जानकारी दिए । पौडेलले मोहनबहादुर मल्लका उपन्यासमा यथार्थताबाद बिषयमा पहिलोपटक बिद्यावारिधि गरेका थिए ।
पर्वतको मल्लाजमा जन्मेका मल्ल नेपाली साहित्य, उपन्यासलगायतको लेखन बिधाका उत्कृष्ठ व्यक्तित्वको रुपमा गनिन्छन् ।
पौडेल त्रिभूवन विश्व विद्यालयको नेपाली बिभागका प्राध्यापक हुन् । उनले लामो समयदेखि नेपाली भाषाको प्राध्यापनसँगै नेपाली साहित्यको बिकासमा पनि महत्वपूर्ण योगदान गरेका छन् । उनी समालोचकको रुपमा पनि स्थापित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->