पोखरा, २२ माघ– गायक तथा संगीतकार धनबहादुर गायकको निधनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) निकट जनसांस्कृतिक महासंघ कास्कीले दुःख व्यक्त गरेको छ । महासंघले उनको सम्मानमा बुधबार श्रद्धाञ्जली सभाको आयोजना पनि ग¥यो ।
सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष कृष्ण थापाले गायकको निधनले नेपाली संगित क्षेत्रमा अपूरणीय क्षति भएको बताए ।
महासंघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कमिटीका संयोजक मनकुमार श्रेष्ठले गायकको सपनालाई महासंघको पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा महानगपालिका वडा नम्बर १६ का वडा अध्यक्ष जीवन आचार्यले गायक जस्ता महानगरभित्रको संगीत साधकहरुको योगदानलाई सम्मान गर्न महानगरले विभिन्न गतिविधिहरु संचालन गरिरहेको जानकारी दिए । कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरु पद्मराज ढकाल, तारापति सुवेदी, शंकर बिरही गुरुङ्ग, राजेन्द्र सापकोटा र करण तामाङले आफ्नो धारणा राखेका थिए ।महासंघका केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष कृष्ण भण्डारीको श्रद्धाञ्जली सभाको आयोजना भएको थियो ।





