पोखरा, ५ फागुन– पोखराका शिक्षासेवी एवं साहित्यकार क्षेत्रबहादुर कुँवरको ‘जीवन कथा’ पुस्तक लोकार्पण गरिएको छ । कुँवरको ७५ औं जन्मोत्सव अवसरमा उनको पोखरा–१४ स्वर्गद्वारी निवासमा आयोजित समारोहमा पुस्तक लोकार्पण गरिएको हो ।
प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले पुस्तक विमोचन गरे । पोखराको शिक्षा, साहित्य, पत्रकारिता, राजनीतिक तथा समाजसेवामा योगदान पु¥याएका कुँवरका यसअघि ७ कृति पाठकसमक्ष आएका छन् ।
यसअघि उनको जीवनीसंग्रह प्रकाशित भैसकेकोमा अहिले प्रकाशित ‘जीवन कथा’ भने आत्मवृतान्तमा आधारित छ । उनले ७५ वर्षको उमेरकालसम्म भोगेका विभिन्न घटनाक्रम, विगतको वस्तुस्थिति लगायतबारे झण्डै सय शीर्षकमा मिहिन ढंगले पुस्तकमा समेटेका छन्





