काठमाण्डौ, ५ फागुन– उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले प्रतिनिधिसभा विघटनपछि जनतामा निराशा र आक्रोस छाएको बताएका छन् ।
पुस ५ गते प्रतिनिधिसभा विघटनपछि पहिलो सार्वजनिक कार्यक्रममा देखिएका उपराष्ट्रपति पुनले जनतामा निरारा र आक्रोश छाउनु देशका लागि राम्रो संकेत नभएको स्पष्ट पारे ।
नेपाल पत्रकार महासंघको २६औं महाधिवेसनको उद्घाटन गर्दै उनले देशमा अहिलेको परिस्थिति सिर्जना हुने दुःखद भएको बताए ।
नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै संविधानमाथि प्रहार गरियो, देशलाई भूमरीमा पारियो भनी प्रश्न उठ्ने गरी परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद कुरा भन्दै उनले संविधानको संरक्षण र पालन सबै संघसंस्था तथा आमनागरिकको कर्तव्य भएको बताए ।





