पोखरा, १५ फागुन- नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आफ्नै कार्यालय बनेको छ । महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले शुक्रबार कार्यालय भवन उद्घाटन गरे । पार्दीमा रहेको नेपाल पत्रकार महासंघ कास्की शाखाको भवनमै तला थपेर महासंघ गण्डकी कार्यालय बनेको हो । भवन निर्माण समितिका संयोजक ईन्द्र पौडेलका अनुसार गण्डकी प्रदेश सरकार कानून मन्त्रालयको १५ लाख, सांसद विद्या भटराई पूर्वाधार विकास कार्यक्रम अन्र्तगतको १० लाख र कार्यसमितिका पदाधिकारी र सदस्यहरुबाट रकम संकलन गरेर करिव ३५ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको भवन निर्माण गरिएको हो । पत्रकार महामसंघ गण्डकीमा अध्यक्ष त्रिभुवन पौडेलले यसअघि पत्रकार महासंघ कास्कीको भवन निर्माणमा खदिएको स्मरण गर्दै आफ्नै कार्यालय भवन बनेपछि गतिविधिहरु बढ्ने बताए ।
सो अवसरमा बोल्दै सांसद विद्या भट्टराईले लैंंगिक हिंसविरुद्ध अभियान चलाउन पत्रकारहरुलाई आग्रह गरिन् । पछिल्लो समय लैगिक हिंसा बढिरहेको बताउँदै उनले भनिन्,‘यसलाई रोक्नको लागि त्रुटि कहाँ भयो,खोज्नुपर्छ ।’ उनले समाज अपराधतर्फ उन्मुख पनि जिकिर गन् ि। सभासद भट्टराईले कार्यपालिका, न्यायपालिका र ब्यबस्थापिका शक्ति पृथकीकरणको सिद्धान्त अनुसार चल्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकार महासंघलाई साझा संस्थाका रुपमा अगाडी बढाउदै यसको गरिमा र प्रतिष्ठालाई कायम राख्नुपर्ने बताउनुभएको छ ‘यो साझा संस्था हो । यहाँ कुनै पक्षको मात्र हुने अवस्था हुन नदिने र साझा ढंगले सवैलाई समेटेर अगाडी बढनुपपर्छ’,उनले भने । उनले महासंघ साझा चरित्रको हुनुपर्छ भन्दै तीनै तहको निर्वाचनको तयारीमा केन्द्रीय समिति जुटेको बताउनुभयो । निर्वाचन सफल पार्र्न सवैलाई उहाँले आग्रह गरे । चैत १६ गते पत्रकार महासंघको स्थापना दिवसको अवसरमा तीन तहका समितिको पदस्थापन गर्ने गरी निर्वाचन हुने आचार्यले जानकरारी दिए । भवन उद्घाटन कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्यद्धय रामकृष्ण ज्ञवाली, नविन कुईकेल, पत्रकार महासंघका गण्डकी प्रदेश उपाध्यक्ष शान्ति गुरुङ, महासचिव गणेश पौडेल लगायतले बोलेका थिए ।





