आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

गण्डकीका ५ जिल्लामा सिडिओ फेरिए

गण्डकीका ५ जिल्लामा सिडिओ फेरिए


  • ढोरपाटन संबाददाता
  • फाल्गुन १५ २०७७, शनिबार

पोखरा, १५ फागुन- कास्कीका प्रमुख जिल्ला अधिकारीको रुपमा थानेश्वर गौतम आउने भएका छन् । गृहमन्त्रालयमा रहेका उनले ज्ञानप्रसाद ढकालको ठाउँ लिनेछन् । ढकालको धादिङ सरुवा भएको छ । गोरखामा शालिकराम शर्मा पौडेल आउँदा हालका सिडिओ तीर्थराज भट्टराई महोत्तरी पुगेका छन् । गोरखामा सहायक सिडिओको रुपमा कमलराज भण्डारीको सरुवा भएको छ । बागलुङको सिडिओ जिम्मेवारी शिवकुमार कार्कीले पाएका छन् भने हालका सिडिओ सुरेश न्यौपानेको सिन्धुली सरुवा भएको छ । यसैगरी पवर्तका शम्भुप्रसाद रेग्मीको ठाउँ देवी पाण्डे खत्रीको पदस्थापन हुने भएको छ । म्याग्दीका उमाकान्त चौधरीको ठाउँ गणेशबहादुर अधिकारीले लिने भएका छन् । गृहमन्त्रालयले शुक्रबार २५ जना सहसचिव र २७ जना उपसचिवको सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->