बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हलमा चलेन गुरुङ फिल्म, फेरि च्यारिटीकै भर !

हलमा चलेन गुरुङ फिल्म, फेरि च्यारिटीकै भर !

फागुन २२ मा शिरसुवाको विशेष शो ।


  • विजय नेपाली
  • फाल्गुन १९ २०७७, बुधबार

पोखरा, १९ फागुन– फिल्म हलमा नेपाली चलचित्रमात्रै प्रर्दशन हुने तर, अन्य भाषाको फिल्मका लागि ‘च्यारिटी शो’ गनुपर्ने गैर नेपाली भाषी फिल्मकर्मीको बाध्यता छ । पर्याप्त दर्शक नपुग्ने र हलले समेत अरुचि देखाउनाले नेपाली भाषा बाहेकका फिल्मले हलमा ठाउँ नपाउने अवस्था थियो ।
केही समयअघि गुरुङ फिल्म प्रोडक्सन (जिफान)ले गुरुङ भाषाका फिल्मसमेत नियमित रुपमा प्रदर्शन गर्ने गरी समय तालिका घोषणा गरेको थियो । तर, योजनाअनुसार हलमा फिल्म चल्न सकेनन् ।
हलमा नियमित फिल्म प्रदर्शन गर्दा लगानीसमेत नउठ्ने भएपछि पुनः ‘च्यारिटी शो’ फर्किनुपर्ने भएको छ । दर्शक अभावका कारण हलमा नियमित चल्न नसकेपछि गुरुङ फिल्म ‘शिरसुवा’ फागुन २२ मा विशेष च्यारिटी शो गरिने भएको छ ।
ब्रेज मेस्रो प्रोडक्सन घान्द्रुकको ब्यानरमा बनेको फिल्ममा करिब ३५ लाख रुपैयाँ लगानी लागेको निर्माता पक्षले जानकारी दिएको छ । चलचित्रमा विश्वास गुरुङले मुख्य नायकको भूमिका निभाएका छन् । मुख्य नायिकामा सुमन गुरुङ र प्रिती गुरुङ छन् । गुरुङ संस्कृतिमा आधारित चलचित्र बे्रज मेस्रो प्रोडक्सनको दोस्रो चलचित्र हो ।
घान्द्रुक गाउँ तथा गुरुङ युवतीको सुवास (मिजास) विषयवस्तुमा आधारित चलचित्रले पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भुमिका खेल्ने निर्माण पक्षको दाबी छ ।
फिल्मकी नायिका प्रिती गुरुङले फिल्म निकै आकर्षक रहेको बताइन् । ‘शिरसुवामा निकै मिहेनत गरेकी छु । फिल्ममा गाउँ तथा गुरुङ संस्कृतिलाई विशेष तरिकाले प्रस्तुत गरिएको छ,’ उनले भनिन् ।
यसअघि शिरसुवा घान्द्रुक र काठमाडौंमा विशेष प्रदर्शन भइसकेको छ । ८० प्रतिशत गुरुङ भाषा बोलिएको फिल्मको निर्माता तथा कथाकार विमल गुरुङ हुन् । चलचित्रको निर्देशन माओत्से गुरुङ रहेका छन् ।
गुरुङ भाषाका फिल्म हलमा नचल्दा पुनः च्यारिटी शो गर्न बाध्य भएको गुरुङ फिल्म एसोसियसन अध्यक्ष माओत्से गुरुङ बताउँछन् । उनले हलमा फिल्म प्रदर्शन गर्दा लगानी समेत नउठ्ने समस्या देखा परेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->