शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

नेकपा अब ऋषि कट्टेलको, ओली-प्रचण्डको नेकपा खारेज

नेकपा अब ऋषि कट्टेलको, ओली-प्रचण्डको नेकपा खारेज

यस्तो छ सर्वोच्चको फैसलाको पूर्णपाठ  :


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०७७, आइतबार

काठमाडौं, २३ फागुन–सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा फैसला सुनाएको छ । सो मुद्दामा ऋषि कट्टेलले मुद्दा जितेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज भएका छन् । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो ।
यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरेपछि सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिए । त्यसपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेका थिए ।

कट्टेलको माग बमोजिम निर्वाचन आयोगले ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई आधिकारिता दिएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि दुई वर्षपछि फैसला भएको हो ।

प्रतिनिधिसभामा दलको उपस्थिति यस्तो छ:

कूल सदस्य: २७५ (१६५ प्रत्यक्ष, ११० समानुपातिक)

नेकपा: १७४

पूर्व एमाले: १२१ (प्रत्यक्ष ८०, समानुपातिक ४१)

पूर्व माओवादी: ५३ (प्रत्यक्ष ३६, समानुपातिक १७)

कांग्रेस: ६३ (प्रत्यक्ष २३, समानुपातिक ४०)

राजपा: १७ (प्रत्यक्ष ११, समानुपातिक ६)

समाजवादी पार्टी: १७ (पूर्व संघीय समाजवादी फोरम प्रत्यक्ष १०, समानुपातिक ६, पूर्व नयाँ शक्ति पार्टी प्रत्यक्ष १)

राष्ट्रिय जनमोर्चा: १

राष्ट्रिय प्रजातन्त्र पार्टी: १

नेपाल मजदुर किसान पार्टी: १

हेर्नुहोस् सर्वोच्चको फैसलाको पूर्णपाठ  :

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->