आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

महानगरको वक्तृत्वकलामा पूर्णकला पहिलो

महानगरको वक्तृत्वकलामा पूर्णकला पहिलो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०७७, मंगलबार

पोखरा, २५ फागुन– पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाले आयोजना गरेको ‘लैङ्गिक समानताको निम्ति महिला र पुरुषको भूमिका’विषयक वक्तृत्वकता प्रतियोगितापूर्णकला गुरुङ पहिलो भएकी छन् । उनी वडा नम्बर ३ की बासिन्दा हुन् । प्रतियोगितामा पोखरा २४ की सीता तिमिल्सिना द्धितीय, पोखरा ३० की मिना सिग्देल तृतीय र पोखरा १ की राधा बरालले सान्त्वना स्थान प्राप्त गरिन् । उनीहरुले क्रमश ः नगद १५ हजार, १२ हजार, ९ हजार र ४ हजार सहित प्रमाणपत्र प्राप्त गरे । विजेता सबैलाई पोखरा महानगरपालिकाको स्थापना दिवसको अवसरमा फागुन २८ गते आयोजना गरिने कार्यक्रममा पुरस्कार प्रदान गरिने महानगरले जनाएको छ । प्रतियोगितामा ३२ जनाले सहभागिता जनाएका थिए ।
त्यस्तै कार्यक्रममा सहभागी आमा समूह, टोल विकास सस्था तथा सहकारीहरुबाट पोखरा १३ को श्री ज्योति बचत तथा ऋण सहकारी संस्था प्रथम भएको छ । पोखरा १५ को जनशक्ति टोल सुधार आमा समुह द्धितीय, पोखरा ८ को प्रगति आमा समुह तृतीय र प्रतिभा टोल विकास संस्था पोखरा १४ ले सान्त्वना स्थान प्राप्त गरेका छन् । पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थाना प्राप्त गर्नेले १० हजार, ७ हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । कार्यक्रममा पोखरा महानगरका १७ वटा समुहले सहभागीता जनाएका थिए । प्रतियोगिताको निर्णायकमा प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी, इन्सेकका क्षेत्रीय कार्यालय पोखराका प्रमुख शिव खकुरेल, अधिवत्ता जानुका शर्मा र महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापा मगर रहेका थिए ।
यसअघि कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले महिलाहरुले आरक्षणमा चित्त बुझाएर बस्ने नभई दक्षता बृद्धि गरेर पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए । उपमेयर मानबहादुर जिसीले महिलाका अधिकार स्थापित गर्न नियम कानुन राम्रा बनेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन् । उनले घरभित्रै चुलोचौकामा सिमित महिलाका प्रतिभाहरुलाई प्रष्फुटित गराउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन् । महानगर सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले गृहिणी महिलाहरुलाई अवसर प्रदान गदै चुलो र चौकाबाट बाहिर ल्याउनका लागि कार्यक्रम आयोजना गरिएको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->