शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

आज महाशिवरात्री, देशभरका शिवालयहरुमा भक्तजनहरुको घुईंचो

आज महाशिवरात्री, देशभरका शिवालयहरुमा भक्तजनहरुको घुईंचो


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २७ २०७७, बिहिबार
फाइल फाेटाे

बागलुङ, २७ फागुन– आज शिवरात्री । हिन्दु धर्मालम्बीहरुका आराध्यदेव भगवान शिवको आज विशेष पूजा आराधना गरिँदैछ । आजको दिनलाई शिवको प्रिय दिनको रुपमा पनि मानिन्छ ।आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा भगवान शिवको पुजा अर्चना गर्नका लागि भक्तजनहरुको ठूलो घुईंचो लागेको छ । त्यसैगरी विश्वभरका शिवालयमा श्रद्धाभक्तिका साथ भगवान शिवको विशेष आराधना भैरहेको छ ।

वेदमा शिवलाई रुद्र भनिएको छ । रुद्रको अघिपछि भूतप्रेत, पिसाच, नन्दी लगाएर हिँड्ने महाकाल शिवको आराधनाको महापर्व नै शिवरात्रि हो ।शिव व्यक्तिको चेतनामा अन्तर्यामी छन् भन्ने मान्यताकासाथ त्यहि अन्तर्यामी चेतना जगाउने र उनै शिव र शक्तिको मिलनको पर्वका रुपमा महाशिवरात्रि पर्व मानिन्छ ।

यस पर्वको हिन्दू धर्ममा विशेष महत्व छ । यसैबीच महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले विशेष व्यवस्थापन गरेको छ ।महाशिवरात्रिका अवसरमा पशुपति मन्दिर आउने भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै आज बिहानै ४ बजेदेखि पशुपतिका चार वटै ढोका खोलिएका छन् ।

मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा। प्रदीप ढकालले बताए ।यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

विगतका वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए । पशुपतिनाथ मन्दिरमा भगवान शिवको पुजा अर्चना गर्ने भक्तजनहरुका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->