शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

३ दिनसम्म मेघगर्जनसहित पानी पर्ने सम्भावना

३ दिनसम्म मेघगर्जनसहित पानी पर्ने सम्भावना


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २ २०७७, सोमबार

काठमाडौं, २ चैत– तीन दिनसम्म मौसम बदली हुने भएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण देशका केही भूभागको मौसममा बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो र राति कर्णाली, गण्डकी र प्रदेश १ सहित देशका पहाडी भूभाका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । ३ गते मंगलबार पनि देशका पहाडी भूभागमा आंशिकरुपमा बदली हुने र चट्याङसहित सामान्य वर्षा हुने महाशाखाको पूर्वानुमान छ । ३ गते कर्णाली, गण्डकी र प्रदेश १ सँगै बागमतीमा पनि पानी पर्नेछ ।
४ गते बुधबार पनि पहाडी भू(भागहरुमा आंशिक बदली भई मेघगर्जनरचट्टयाङ्गसहित हल्का पानी पर्ने अनुमान गरिएको छ।
कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत पनि गराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->