आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लुम्लेले प्रविण गुरुङ सम्झने

लुम्लेले प्रविण गुरुङ सम्झने


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ६ २०७७, शुक्रबार

पोखरा, ६ चैत– लोकगायक स्वर्गीय प्रविण गुरुङको स्मृतिमा उनको जन्मगाउँ अन्नपूर्ण–६, लुम्लेमा सप्ताहव्यापी विविध कार्यक्रम हुने भएको छ ।
गाउँपालिकाको आयोजनामा चैत १५ गतेदेखि २१ गतेसम्म हुने कार्यक्रममा खुल्ला दोहोरीगीत प्रतियोगिता, स्रष्टा सम्मान, दोस्रो गाउँस्तरीय पुरुष भलिवल प्रतियोगिता (सुनगाभा कप २०७७), लेकाली व्याडको लाइभ कन्सर्टसहति विविध सांस्कृतिक कार्यक्रम गरिने व्यवस्थापन समितिमा सचिव राजु गुरुङले जानकारी दिए । सो अवसरमा स्वर्गीय प्रविण गुरुङ स्मृति प्रतिष्ठान गठन गरिने उनले जनाए ।
२०१८ माघ १ गते जन्मेका गुरुङको गीतसंगीतको क्षेत्रमा लाग्दालाग्दै मिति २०५१ साउन २२ गते काठमाडौंमा सवारी दुर्घटनामा परी निधन भएको थियो । स्वर्गीय गुरुङका यो दाजुको मिरमिरे आँखा, सालैजो हितैको माया, फूल मायामा नभुल, माथिबाट को आयो सालको पात बजाउँदैलगायतका गीतहरु चर्चित र कालजयी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->