शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

पोखराका सडकमा अब स्मार्ट लाइट

पोखराका सडकमा अब स्मार्ट लाइट

करिब ८० किलोमिटर क्षेत्रफलमा लाइट राखिने, विद्युत प्राधिकरणद्वारा १३ करोड रुपैयाँको टेन्डर प्रक्रिया सुरु । जाडो र गर्मी मौसममा छुट्टाछुट्टै समय तालिका ।


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ६ २०७७, शुक्रबार

पोखरा, ६ चैत– नेपाल विद्युत प्राधिकरणले पोखराका विभिन्न मुख्य सडकमा स्मार्ट लाइट राख्ने भएको छ । प्राधिकरणले महानगरको करिब ८० किलोमिटर क्षेत्रफलमा ‘स्मार्ट लाइट’ राख्ने गरी टेन्डर प्रक्रिया अघि बढाइसकेको छ ।
एक ठाउँदेखि सम्पूर्ण कन्ट्रोल गर्न सकिने र आवश्यकताअनुसार आफैं चहकिलो र मध्यम उज्यालो हुने गरी लाइटको व्यवस्था गर्न लागिएको पोखरा महानका इन्जिनियर ध्रुव भट्टराईले जानकारी दिए । उनले भने, ‘यो विजुलीबाटै चल्ने हो । एकै ठाउँबाट कन्ट्रोल गर्न सकिने र स्वचलित पनि हुने भएकाले धेरै सजिलो हुन्छ ।’
महानगरका सबै मुख्य बाटो र राजमार्गमा स्मार्ट लाइट राखिने इन्जिनियर भट्टराई बताउँछन् । पोखरामा स्मार्ट लाइट राख्न करिब १३ करोड रुपैयाँको टेन्डर प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिए ।
स्मार्ट लाइट राखेपनि यसअघि पोखरा महानगर क्षेत्रमा राखिएका सौर्य ऊर्जावाल बत्तीलाई भने नहटाइने इन्जिनियर भट्टराईले जनाए । ‘यसअघिका लाइटअरु अधिकांश चालु अवस्थामा छन् । केही बिग्रेका पनि छन्,’ उनले भने, ‘ती लाइट हटाइँदैनन् । बिग्रेका बत्ती मर्मत गरेर बाल्ने नै हो ।’
प्राधिकरणले पोखरासहित काठमाडौं, कञ्चनपुर, भरतपुरलगायत देशका मुख्य शहरमा स्मार्ट लाइट जडान गर्ने भएको हो । एक वर्षअघि प्राधिकरणले ललितपुरमा स्मार्ट लाइट जडान गरेको थियो ।
प्राधिकरणका अनुसार स्मार्ट लाइट दिन र रातमात्रै नभएर जाडो र गर्मी मौसममा पनि छुट्टाछुट्टै तरिकाले बत्ती बल्ने प्रणाली लागू गरिएको हुन्छ । यसमा मौसम अनुसार आफैं स्वचलित रुपमा बत्ती बल्ने हुन्छ । स्मार्ट लाइट राखिसकेपछि जाडो मौसममा साँझ ६ देखि राति ११ बजेसम्म चहकिलो उज्यालो, राति ११ देखि बिहान ४ बजेसम्म मध्यम उल्यालो बल्नेछ भने गर्मी मौसममा बेलुका ७ बजेपछि आफैं बत्ती बल्ने प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->