शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

मौसम बदली कायमै, आइतबारसम्म चट्याङसहित पानी पर्ने

मौसम बदली कायमै, आइतबारसम्म चट्याङसहित पानी पर्ने


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०७७, शुक्रबार
Del6415536

काठमाण्डौ, ६ चैत– देशमा मौसम बदली कायमै रहेको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण देशका केही भागको मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज शुक्रबारदेखि आइतबारसम्म देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।
आज शुक्रबार देशभर आंशिकदेखि समान्य बदली हुनेछ भने थोरै पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ । शनिबार दिउँसो अपराह्न हावा हुरी र चट्याङसहित र राति चट्याङ र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार पनि मौसम बदली कायमै रहनेछ । आइतबार दिउँसो पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने छ भने राति पनि प्रदेश १ का पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको महाशाखाको अनुमान छ । पहाडी क्षेत्रमा हावा हुरी, मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->