बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कृष्ण उदासीको म

कृष्ण उदासीको म


  • कृष्ण उदासी
  • चैत्र ७ २०७७, शनिबार

म खुला किताब हुँ
तिमी जसरी पढ
तिमी जसरी बुझ
खैर केही छैन
म फूल हुँदा तिमीले काडा ठान्यौ
म काडा बन्दा तिमीले फूल मान्यौ
म पानी बाँच्दा तिमीले आगो भन्यौ
म आज आगो हुँदा
भन त के ठान्यौ ?
म कसैलाई दुखाउँदिन
मलाई दुखाए भने
म चट्याङ बन्छु
म तुफान बन्छु
तिम्ले त के !
तिम्रो ईश्वरले पनि मेरो वेग थेग्न सक्दैन ।
खैर केही छैन
मेरो शान्तिमा जब तिमी हिलो छेप्छौ
मेरो कान्तिमय अनुहारसँग जब खेल खेल्छौ
तब सम्झ तिमी तुफान चाहन्छौ
आगो पिउन चाहन्छौ
आगो इतिहास बाँच्छ
वर्तमानमा डढेलो बन्छ ।
अरु म के भनूँ ?
तिमी हिमाललाई आगो

आगोलाई हिमाल ठान्छौ त !
कि चिस्सिन तयार हौ
कि डढ्न तयार हौ ।
म तिम्रो हैसियतलाई साक्षी राखी
तिमीसँग तिम्रै अगाडि
तिम्रो ईश्वरसँग लड्न तयार छु
अरू के भनूँ ?
म खुला किताब हुँ
तिमी जसरी पढ
तिमी जसरी बुझ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->