बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पाथर्दीमा साहित्यिक जमघट

पाथर्दीमा साहित्यिक जमघट


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०७७, आइतबार

तनहुँ, ८ चैत– प्राय पाहुनाको भिड हुने यहाँको पाथर्दी सामुदायिक होमस्टेमा शुक्रबार साँझदेखी शनिबार दिउँसोसम्म साहित्यकार भेला भए । कौराह गुञ्जने होमस्टेमा साहित्यिक सिर्जना सुनिए । शुक्रबार साँझ गाउँलेले कौराहको तालमा साहित्यकारलाई छमछमी नचाए ।
शनिबार दिउँसो साहित्यकारले पैचो तिरे । कविता, गजल, मुक्तक र गीत सुनाए । गाउँमा पहिलो पटक भएको साहित्यिक कार्यक्रममा स्रष्टाको सिर्जनामा रम्दै गाउँलेले परर ताली बजाउथे । गजलको शेरमा वाह–वाह थप्थे । धेरै सर्जकले पाथर्दी गाउँलाई केन्द्रमा राख्दै सिर्जना रचेका थिए ।
‘आफ्नै सम्झी आउनुहोस् पाथर्दी यो गाउँमा
प्रकृतिले सिंगारेको स्वर्ग जस्तै ठाउँमा
यी ओठभरी मुस्कान अनि खुशी छरौला
फुलका गुच्छा हातमा लिई स्वागत गरौला….’
गीतकार अनुराग अधिकारीले शुक्रबार पाथर्दी गाउँको न्यानो आतिथ्यता पाएपछि भोलिपल्ट विहानै उठेर लेखेको गीत सुनाए ।
पाथर्दी गाउँमा भएको साहित्यिक कार्यक्रमको तालमेल शुक्ला साहित्य संगम तनहुँले मिलाएको थियो । पर्यटक प्रबद्र्धनका लागी राष्ट्रिय कवि सम्मेलन तथा साहित्य संगमको १ सय ७७ औँ काव्य श्रृंखला भिमाद नगरपालिका–९ पाथर्दीमा गरिएको हो । वडा कार्यालयको आर्थिक सहयोग र होमस्टे व्यवस्थापन समितिको व्यवस्थापनमा भएको कार्यक्रममा २ दर्जन साहित्यकारले सिर्जना पस्किए । केहीले देशको स्थितीको चिन्ता दर्शाए सिर्जनाकै माध्यमबाट ।
कार्यक्रमका प्रमुख अतिथी रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा. देवी नेपालले पाथर्दीलाई आफ्नो रचनामा समेटेर सुनाए ।
‘पाथर्दी स्नेहको माला श्रद्धाको फुल उन्दछ
सुनाई गर्वले कौरा बनी संस्कृती फुल्दछ..’
उनले पर्यटन प्रबद्र्धनमा गीत र कविताको महत्वपुर्ण भुमिका रहने बताए । उनले धेरै स्रष्टाको अभिव्यक्तीमा गुनासो पाउने गरेको बताउँदै भने, ‘यो दुनियाँलाई आशाको सन्देश दिने हो । चेतना र जागरणको बाटोमा अगाडी बढाउने हो ।’ स्थानिय तहले साहित्य, कला, संस्कृती र भाषालाई पनि महत्व दिनुपर्ने उनको धारणा थियो ।
वडाध्यक्ष इमानबहादुर थापाले साहित्यको माध्यमबाट वडामा रहेको सम्भावनाको बजारीकरण गर्ने प्रयत्न गरेको बताए । ‘पर्यटन प्रबद्र्धनका लागी साहित्य नौलो प्रयोग हुन सक्छ भनेर कार्यक्रम गरेका हौँ’, उनले भने, ‘स्रष्टाको सिर्जनाले देशभर प्रचार हुनेछ ।’
भिमाद नगरपालिकाले यो बर्ष साहित्यका लागी बजेट विनियोजन गरेर गरेको यो पहिलो कार्यक्रम हो । राष्ट्रिय कवि सम्मेलनका लागी एक लाख रुपैयाँ बजेट विनीयोजन गरेको जनाईएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->