पोखरा, १५ चैत– साहित्यकार लक्ष्मण थापाको चौथो कृति कविता संग्रह ‘अक्षरहरुको मूच्र्छना’ लोकार्पण गरिएको छ ।
पोखरेली सांस्कृतिक परिवारको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले कवि तथा साहित्यकारले संख्याभन्दा गुणात्मकतामा ध्यान दिनुपर्ने बताए । साहित्यकार प्राज्ञ तीर्थ श्रेष्ठले असल साहित्यकारले शव्दहरुलाई उचित सम्मान गर्न सक्नुपर्ने बताए ।
सो अवसरमा कवि रमेश श्रेष्ठ, पोखरा महानगर प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, लोकगायिका प्राज्ञ हरिदेवी कोइराला, नवनीत साहित्य सागरका अध्यक्ष तथा छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्मालगायतले शुभकामना व्यक्त गरेका थिए ।





