शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

कुटपीटबाट मृत्यु

कुटपीटबाट मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १६ २०७७, सोमबार

पोखरा, १६ चैत– लोग्नेको पिटाइबाट पोखरामा एक महिलाको ज्यान गएको छ । पोखरा–२६, बरालडाँडाका देवबहादुर बिकको पिटाइबाट उनकी श्रीमती ४० वर्षीया देवी जिसी बिकको ज्यान गएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका देवबहादुरले शुक्रबार श्रीमतीमाथि आक्रमण गरेका थिए । उनको आक्रमणबाट टाउको र खुट्टामा चोट लागेपछि देवीलाई अस्पताल लगिएको थियो । उपचारपछि घर फर्केकी देवी शनिबार अचेत भएपछि पुनः पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराउने क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->