शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

प्रचण्डको पुनरावलोकन निवेदनमाथी सुनुवाई हुँदै

प्रचण्डको पुनरावलोकन निवेदनमाथी सुनुवाई हुँदै


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७७, बिहिबार

काठमाणै, १९ चैत– नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको पुनरावलोकन निवेदनमाथि निस्सा दिने वा नदिनेबारे प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको बेञ्चमा परेको छ ।

एमाले–माओवादीलाई पुरानै अवस्थामा फर्काउने फैसला गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले गरेको थियो ।

त्यसविरुद्धमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पुनरावलोकनको निवेदन दिएका थिए ।

निवेदनअनुसार सर्वोच्चले मुद्दा अगाडि बढाउने नबढाउनेबारे टुंगो लगाउनेछ। सर्वोच्चले निस्सा प्रदान गरे मात्र यो मुद्दाको सुनुवाइ अगाडि बढ्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->