शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

पत्रकारलाई लाग्यो चुनाव : गण्डकी अध्यक्षमा ४ जना प्रत्यासी

पत्रकारलाई लाग्यो चुनाव : गण्डकी अध्यक्षमा ४ जना प्रत्यासी


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २० २०७७, शुक्रबार

पोखरा, २० चैत– नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा ४ जना प्रत्यासी देखिएका छन् । अध्यक्षको लागि दीपेन्द्र श्रेष्ठ,नारायणप्रसाद शर्मा, आरजु विष्ट सल्यानी र लोकप्रसाद बञ्जाराले उम्मेदवारी दर्ता गराएका हुन् ।
महासंघ केन्द्र, गण्डकी र जिल्लाहरुको चुनाव आउँदो २५ गते हुँदैछ । पहिलोपटक सदस्यहरुको प्रत्यक्ष मतदानबाट केन्द्रीय नेतृत्व चयन हुने चुनावी कार्यक्रमअन्तर्गत बिहीबार प्रदेशको मनोनयन दर्ता गरिएको हो । सत्तारुढ एमालेनिकट प्रेस चौतारी र नेपाली कांग्रेस निकट प्रेस युनियनको नेतृत्वमा दुई कित्तामा उभिएर चुनावी प्रतिष्पर्धा गरिरहँदा अध्यक्षका प्रत्यासी दीपेन्द्र श्रेष्ठ सत्तारुढ एमाले निकट प्रेस चौतारी र नारायणप्रसाद शर्मा नेपाली कांग्रेस निकट प्रेस युनियनका आधिकारिक उम्मेदवार हुन् । लोकप्रसाद बञ्जरा माओवादी निकट प्रेस सेण्टर निकट भएपनि स्वतन्त्र रुपमा प्रतिष्पर्धामा उभिएका हुन् भने आरजु विष्ट सल्यानी पनि जनता समाजवादी निकट रहँदारहँदै स्वतन्त्ररुपमा मैदानमा उत्रिएका हुन् । माओवादी निकट प्रेस सेण्टरले नेपाली कांग्रेस निकट प्रेस युनियनसँग र प्रेस नेपालले सत्तारुढ एमाले निकट प्रेस चौतारीसँग चुनावी तालमेल गरेको छ ।
उपाध्यक्ष खुल्लामा इन्द्रप्रसाद पौडेल,दीपक भट्टराई र माधव पनेरुको उम्मेदवारी परेको । उपाध्यक्ष महिलामा शान्ति गुरुङ र सोनी शर्माले प्रतिष्पर्धा गर्दैछन् भने महासचिवमा गोविन्द सुवेदी र दिल शिरिष प्रतिष्पर्धामा छन् । महासचिवका उम्मेदवार गोविन्द सुवेदी माधव नेपाल र दिल प्रधानमन्त्री ओली नेतृत्वको एमाले निकट हुन् । सचिव खुल्लामा ऋषिकान्त पौडेल,प्रकाशचन्द्र भट्टराई र यदुनाथ बञ्जाराले उम्मेदवारी दिएका छन् । सचिव समावेशीमा रुद्र श्रीस मगर र सुशीलबाबु श्रेष्ठ,कोषाध्यक्षमा राजेन्द्र न्यौपाने,शालिकराम कोइराला र सागरराज तिमिल्सिनाबीच भीडन्त हुँदैछ । सदस्य खुल्लामा कृष्ण कँडेल,ताराप्रसाद शर्मा,थमन थापा,परशुराम शर्मा,प्रकाश डोटेल,प्रदीप पौडेल,भीमपाणि बराल,माधवप्रसाद अधिकारी,माधव पराजुली,रमेश बस्ताकोटी,लोकेन्द्रबहादुर सुनार,सुनिल पाण्डे र सूर्यप्रसाद बास्तोला प्रतिस्पर्धामा छन् ।महिला सदस्यमा कविता श्रेष्ठ,रञ्जिता शर्मा,राधिका शर्मा कँडेल,रोशनी गुरुङ र स्मिता अधिकारी मैदानमा छन् । दलित सदस्यमा रविना बोहोरा र सानेबहादुर नेपालीबीच प्रतिस्पर्धा हुने भएको छ । सदस्य आदिवासी–जनजातिमा जनक श्रेष्ठ, विनाकुमारी थापा, रामजी राना र रुद्रबहादुर थापा भिड्दै छन् भने अल्पसंख्यकमा पदम छन्त्याल र श्रीकान्त सापकोटाबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->