शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

२५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारीस

२५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारीस


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०७७, शुक्रबार

काठमाण्डौ, २७ चैत– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी० को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ ।

कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको छ ।
त्यसअनुसार सीसीएमसीमा सिफारिस पठाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । त्यही निर्णय भए विद्यालयका साथै आगामी वैशाखमा काठमाडौंमा हुने तय भएको त्रिकोणात्मक क्रिकेट सिरिज प्रभावित हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->