आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पत्रकार महासंघमा कसले कति मत पाए ? हेर्नुहोस सूचीसहित

पत्रकार महासंघमा कसले कति मत पाए ? हेर्नुहोस सूचीसहित


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०७७, शनिबार

काठमाडाैँ, २८ चैत – नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा विपुल पोखरेल नेतृत्वको प्यानल भारी मतान्तरमा विजयी भएको छ । तीन हजार भन्दा बढी मतान्तरमा पोखरेल नेतृत्वको प्यानल विजयी भएको हो । कम मतान्तर पनि एक हजार भन्दा माथि रहेको छ । अध्यक्षमा विजयी पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्धन्द्धी निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरिन । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छन् । महासंघको बरिष्ठ उपाध्यक्षमा रमेश बिष्ट, समावेशी उपाध्यक्षमा उदय जिएम र महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएका छन् । महासचिवमा रोशन पुरी विजयी भएका छन् । खुला सचिवमा गोविन्द चौलागाईले ६ हजार ७१ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी रामकृष्ण ज्ञवालीले ३ हजार २१ मत प्राप्त गरेका छन् ।
हेर्नुहोस सम्पूर्ण मतको परिणाम :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->