आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

मुख्यमन्त्रीबाट शिक्षकको भूमिकाको प्रशंसा

मुख्यमन्त्रीबाट शिक्षकको भूमिकाको प्रशंसा


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २९ २०७७, आइतबार

पोखरा, २९ चैत– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मुलूकमा गुणस्तरीय शिक्षाका लागि शिक्षक वर्गको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संङगठन कास्कीद्धारा आयोजित ४२ औं शिक्षक दिवस तथा संङगठनको १३ औं जिल्ला अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले राज्यका हरेक परिवर्तनमा शिक्षकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शिक्षाको दायित्व प्रदेश र स्थानीय तह मातहतमा हुनु पर्नेमा जोड दिए । उनले महानगरपालिका भित्र रहेका शिक्षकको तलबमा मात्र वार्षिक एक अर्व २५ करोड खर्च हुने गरेको जानकारी दिए ।
नेपाल राष्ट्रिय शिक्षक संङगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संगठनको मुखपत्र शिक्षक आवाज भाग ४ को विमोचन, विपन्न, असहाय तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुका साथै संगठनको विकासमा उल्लेखनीय योगदान पु¥याउनु हुने महानुभाव, अक्षयकोषदातालाई सम्मान

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->